मदिरा व्यवसायी समितिको रक्तदानमा ५० युनिट संकलन


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०८२ मा प्रकाशित




मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।

खुल्ला रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक , नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् । भण्डारीले रगतको मागलाई पुरा गर्न रेडक्रसले मात्र एक्लै केही गर्न नसक्ने बताउदैँ सामाजिक संघसंस्थाले महत्वपूर्ण योगदान गर्दै आाएको बताईन् । कार्यक्रममा मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष रानाभाटले सामाजिक सेवामा समिति निरन्तर सक्रिय रहदै आाएको बताए । सामाजिक उत्तरदायित्व अन्तरगत हरेक वर्ष जस्तै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई थियो ।

मदिरा व्यवसायी महासंघका सल्लाहकार एवं मदिरा व्यवसायी समितति कास्कीका पूर्वअध्यक्ष एवं सल्लाहकार तारानाथ ढुङ्गानाले व्यवसायसगै सामाजिक कार्यमा समेत समितिले महत्वपूर्ण कार्य गर्दै आएको स्मरण गरे । कार्यक्रममा मदिरा व्यवसायी समिति गण्डकीका अध्यक्ष गोविन्द केसि, समितिका निवर्तमान अध्यक्ष सुरेश घिमिरे, पूर्वअध्यक्ष एवं सल्लाहकार डिल्लीराम पनेरुले शुभकामना मन्तब्य राख्दै रक्तदान जस्तो महत्वपूर्ण कार्य गरेकोमा समितिलाई आागामी दिनमा पनि निरन्तर सामाजिक सेवामा लाग्न सुझाव दिए ।

रक्तदान कार्यक्रम समितिका वरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाको स्वागत मन्तब्य र महासचिव श्रीराम पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।