पोखरा १९ मा स्वास्थ्य स्वयंसेविका सम्मानित


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०८२ मा प्रकाशित




सामुदायिक स्वास्थ्य सेवाको क्षेत्रमा योगदान दिने २ जना महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भएका छन् ।

तल्लाकोट स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र पोखरा १९ पुरञ्चौरले भगवती आचार्य र देबु कुमारी भट्टराईलाई सम्मान गरेको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस २०८२ को अवसरमा आयोजना गरिएको कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले महिला स्वास्थ्य स्वयं सेविका आचार्य र भट्टराईलाई सम्मान गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले स्वस्थ समाज र समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका महत्वपुर्ण रहेको बताए ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाकाको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य व्यबस्थापन समितिका सदस्य लिलाधर अधिकारी,वडा सचिव झंकनाथ पौडेललगायतले ग्रामिण भेगमा स्वास्थ्य सेवा बिस्तारका बारेमा बोलेका थिए ।

शहरी स्वास्थ्य केन्द्र पोखरा १९ का प्रमुख कमला शर्मा पराजुलीले स्वागत र कार्यक्रमको संचालन तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख कमल मोहन पौडलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।