युआरएलको वार्षिकोत्सवमा निःशूल्क स्वास्थ्य शिविर


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०८२ मा प्रकाशित




पोखरा ।

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ‘युआरएल’ ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा विशेष योजना ल्याएको छ ।

युआरएलको स्थापना २०७० साल मंसिर २३ गते भएको हो। मंसिर १५ गतेदेखि सञ्चालन भएको निःशूल्क थाईराईड , ९सुगर०FBS, PPBS, RBS र दन्त परिक्षण सेवा २८ गतेसम्म चलेको युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए । २०० जना भन्दा बढीले सेवा लिएको उनको भनाइ छ।

उनले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो योजना ल्याइएको जानकारी दिए।अध्यक्ष पन्तका अनुसार विश्वस्तरीय प्रविधि, अत्याधुनिक मेसिन र दक्ष तथा अनुभवी जनशक्तिबाट युआरएलले निरन्तर रूपमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। ग्राहक तथा सेवाग्राहीप्रति कृतज्ञता व्यक्त गर्न उपहारस्वरूप यो निःशुल्क स्वास्थ्य परीक्षण योजना ल्याइएको उनले बताए।

युआरएलले हालसम्म ११ लाखभन्दा बढीले सेवा प्राप्त गरेको, २१२ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको तथा २ लाख १५ हजार जनालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको पन्तले जानकारी दिए। यसले पोखरा मात्र नभई प्रदेशमै स्वास्थ्य सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।

फिजीसियन कन्सल्टेन्ट डा कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले ९मधुमेह० सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ।डा। अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे।

‘सुगरले आँखा दाँतमा यौन दुर्वलता हुने समेत अध्ययनले देखाएको छ। कम्तीमा वर्षमा १ पटक पूर्ण शरीर जाँच गर्नुपर्छ यसले रोग प्रारम्भिक चरणमै पत्ता लगाउन र समयमै उपचार गर्न सहयोग पुग्नेछ,’ उनले भने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।