पोखरा, २८ मंसिर
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार युआरएल हस्पिटल चोकमा निशुल्क शिविर आयोजना गरिएको छ । शिविर २ सय पाँच जनाले ल्याब र ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् ।
युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेले सहभागीहरुको थाइराइड र मधुमेहका जाँच सित्तैमा गरिएको बताए । २०७० सालमंसिर २३ गते स्थापना भएको युआरएलले मंसिर १५ देखि मंसिरभर विभिन्न सेवामा विशेष छुटसमेत दिइरहेको छ ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गराउँदै गुणस्तरीय सेवा सर्वसाधारणलाई दिन कार्यक्रम गरिएको जनाए । युआरएलले स्थापना कालदेखि नै आफैं र विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविरहरु आयोजना गर्दै आएको छ । हालसम्म भएका २१२ शिविरमा २ लाख १५ हजारले सित्तैमा सेवा पाएका छन् ।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कन्सल्टेन्ट फिजिसियन डा.कृष्णराज अधिकारीले कसरत नगर्ने तथा अस्वस्थ खानपानले (मधुमेह) सुगर हुने जोखिम बढाउने बताए । थाइराइडका कारण महिनावारी गढबढ हुने, मोटोपना बढ्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।
डा.अधिकारीले वंशानुगत कारणले मधुमेह हुन सक्ने उल्लेख गर्दै नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाएमा यस्ता रोगबाट बच्न सकिने स्पष्ट पारे । ‘सुगरले आँखा, दाँतमा असर पर्नुका साथै यौनदुर्वलता हुनेसमेत अध्ययनले देखाएको छ । कम्तीमा वर्षमा १ पटक पूर्ण शरीर जाँच गर्नुपर्छ यसले रोग प्रारम्भिक चरणमै पत्तालगाउन र समयमै उपचार गर्न सहयोग पुग्नेछ,’उनले भने ।
कपडाव्यवसायीलाई युआरएलमा छुट
कपडा व्यवसायी एसोसिएसन कास्कीमा आवद्ध व्यवसायीले पोखरा ८, न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालय र यसका शाखाहरुबाट ३० प्रतिशत छुट पाउने भएका छन् । संस्थामा आवद्ध कपडा व्यवसायी र उनीहरुका आश्रित (आमाबुवा, छोराछोरी, श्रीमान श्रीमती र सासुससुरा)लाई स्वास्थ्यजाँचअन्तर्गत ल्याब परीक्षणमा यो सुविधा प्राप्त हुने जनाइएको छ ।

यो सम्झौता पुस १ गतेदेखि २०८५ मंसिर मसान्तअर्थात ३ वर्ष सम्म लागु हुनेछ । आइतबार युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थ र एसोसियसनका अध्यक्ष लेखनाथ पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






