एमाले महाधिवेशनः मतगणना जारी ओली ३३३, पोखरेल ११०


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८२ मा प्रकाशित




नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना जारी रहेको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा अरुण नेपाल ८९,गुरु प्रसाद बराल २४२,गोकर्ण राज विष्ट २५६,टकं प्रसाद कार्की ७५,पर्शुराम मेघि गुरुङ्ग ८६,पृथ्वी सुव्वा गुरुङ ३५६,भिम प्रसाद आचार्य ५१,रघु जी पन्त २५३,रामबहादुर थापा बादल ३०९,विन्दा पाण्डे १६९,विष्णु प्रसाद पौडेल ३४९ महासचिवमा शंकर पोख्रेल २४९,सुरेन्द्र प्रसाद पाण्डे १९४,उपमहासचिवमा आनन्द प्रसाद पोख्रेल १३३,योगेस भट्टराइ २६४,रघुविर महासेठ २६७,राजेन्द्र प्रसाद गौतम ५५,लेखराज भट्ट २९३,विष्णु प्रसाद रिमाल २२०,वैजनाथ चौधरी ५७ सचिवमा अग्नि प्रसाद खरेल १४९,इन्द्रलाल साप्कोटा ७४,कर्णबहादुर थापा १६६,कृष्ण गोपाल श्रेष्ठ ११४,खगराज अधिकारी २७९,गोकुल प्रसाद बास्कोटा १९२,छविलाल विश्वकर्मा ३११,ठाकुर प्रसाद गैरे १७५,पद्मा कुमारी अर्याल ३०५,पुरुर्षोतम पौडेल ८६,पेम्वा लामा ८५,भानुभक्त ढकाल २२५,महेश बस्नेत ३११ यमलाल कडेल २६९ रचना खड्का १६९,राजन भट्टराइ २३६लाल बाबु पण्डित ७३विनोद प्रसाद ढकाल १४८शेरधन राई ३००,हिक्मत कुमार कार्की २७४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् ।आज बिहान सम्पन्न मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका थिए । मतदानमा ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता रहेका थिए ।

एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।