सन्देश श्रेष्ठ
पोखरा, पुस ३
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली तेहेरिएका छन् । यसअघि दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि ११ औं महाधिवेशनबाट चयन भएका हुन् ।
विहीबार दिउँसो सम्पन्न मतगणनामा ओली प्रतिष्पर्धी ईश्वर पोखरेललाई दोब्बर मतले पछि पार्दै बिजयी भए । अध्यक्षमा बिजयी ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे । कुल २ हजार २ सय २७ मत खसेकोमा पराजित पोखरेलले ५ सय ६४ मत प्राप्त गरेको जनाइएको छ ।
बिजेताको घोषणा भने केहि समयपछि हुने निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







