नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।
उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरे । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरे भने प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरेका थिए । योसँगै एमालेको अध्यक्ष पदमा ओलीले ‘ह्याट्रिक’ गरेका छन् । लगातार तेस्रो कार्यकाल पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले ‘ह्याट्रिक’ गरेका हुन् । उनी ०७१ साउन यता निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन् ।
त्यसैगरी महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरे । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त निर्वाचित भए ।उपमहासचिवमा लेखराज भट्ट,रघुवीर महासेठ,योगेश भट्टराई,सचिवमा महेश बस्नेत,पद्माकुमारी अर्याल,छविलाल विश्वकर्मा,शेरधन राई,हिक्मत कुमार कार्की,खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई
भानुभक्त ढकाल चयन भएका छन् ।
सचिवमा निर्वाचित कास्कीका खगराज अधिकारीले खगराज अधिकारी १ हजार २३१ मत प्राप्त गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको…






