नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक


     एभरेस्ट आवाज    
     पौष ४ गते २०८२ मा प्रकाशित




नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरिएको छ ।

आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ ९प्रत्येक प्रदेशबाट १÷१ जना प्रादेशिक संयोजकसमेत रहने गरी० , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरुले नाम दर्ता गराएका छन् ।

अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । सङ्घको निर्वाचन काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौँ उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।