कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको अन्नपूर्ण बहुप्राविधिक शिक्षालयले घान्द्रुकमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको सहयोगमा आयोजित शिविरबाट ८० जना कृषक लाभान्वित भएका छन् । शिविरमा गाई, भैंसी ८० वटा, बाख्रा १ सय, कुखुरा ३५ सय र कुकुर १० वटाको स्वास्थ्य परिक्षण गरिएको शिक्षालयका प्रमुख ई.सरद कोईरालाले जानकारी दिए । सो कार्यक्रममा गोबर परिक्षण, जुका र माटेको निःशुक्ल औषधी वितरण गरिएको उनले बताए ।
सो कार्यका लागि शिक्षालयका विभागिय प्रमुख डा.आशिष अधिकारी, सहायक प्रशिक्षक प्रेमराज अधिकारी, पशु सेवा शाखाका प्रमुख ऋषिराम दाहाल, विरेठाँटी पशु सेवा केन्द्रका प्राविधिक लीला अधिकारी, गोविन्द भण्डारी, एमडिएच फर्मास्युटिकल्सका मार्केटिङ म्यानेजर अनन्तराज अधिकारी, एशिएन फर्मास्युटिल्सका एमआर राम अधिकारी र शिक्षालयका लेखापाल गंगा त्रिपाठीको सहभागिता रहेको थियो । सहयोगि संस्थाहरुमा भाष्कर हर्वसस्युटिकल्स, इण्डियन हर्वस्, क्यूमेड फर्मुलेशन तथा केपिएल फर्मास्युटिकल्स रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीले स्थानिय क्षेत्रमा विभिन्न संघ, संस्थाले सहयोग गरी कृषिको कार्य गर्न पाउदा खुसि लागेको बताए । उनले कृषकलाई आत्मर्भिर हुन आग्रह गरे । विशेष अतिथि नेपाल सरकारका सहसचिव विनोद कुँवरले समय समयमा आफ्ना गाईवस्तु, चौपाया, कुखुरा लगायतको स्वास्थ्यको जाँच गराउन अनुरोध गरे । उनले जनावरमा समस्या भएको थाहा पाएपछि स्वास्थ्य केन्द्र सम्पर्क गर्न र सल्लाह लिएर उपचारमा संलग्न हुन आग्रह गरे ।
अन्नपूर्ण बहुप्राविधिक शिक्षालय २०७६ सालमा स्थापना भएको शिक्षालय हो । हाल शिक्षालयमा कृषि र भेटेनरी विषयमा अध्यापन भईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






