नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखिकरण गरेको हो । ग्रामिण तथा दुर्गभ क्षेत्रलाई लक्षित गरी कार्यक्रम गरिएको सभापति नवीन सिग्देलले जानकारी दिए । भाचोक स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै भाचोक स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर गुरुङले आफ्नो क्षेत्रमा कार्यक्रम ल्याइदिदा खुशी लागेको बताए । त्यस अवसरमा भाचोक स्वास्थ्य चौकीका प्रमुख दीपक तिवारीले पनि बोल्नुभएको थियो । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अन्जना भण्डारीले सहजिकरण गरेका थिए
।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा , नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी…






