नेपाल परिवार नियोजन संघ कास्कीले एचआईभी संक्रमित र प्रभावित परिवारलाई सहयोग गरेको छ ।
संघको कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच सभापति नवीन सिग्देलले सहयोग हस्तान्तरण गरे । संघले एक परिवारलाई पोषण तथा खाद्य सामग्री र अर्काेलाई व्यूटिसियन व्यवसाय संचालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले जानकारी दिए । राष्ट्रिय एचआइभी÷एड्स महासंघ र आशाको साथी संस्थाको समन्वयमा सहयोग प्रदान गरिएको हो ।
विगतका वर्षहरुमा पनि यस्तो सहयोग गरिदै आएको जनाउँदै भविष्यमा पनि निरन्तर राख्न प्रयास गरिने संघको भनाइ छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन २२ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद…






