जन प्रकाशमा परिवार नियोजनको अभियान


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८२ मा प्रकाशित




नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न गरिसकेको छ ।

२४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा क्याम्पसमा सम्पन्न भईसकेकोे सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिक स्थित जन प्रकाश मा.विमा अभियान संचालन गरिएको छ । कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले अभियानले स्वास्थ्य र शिक्षा दुवै विषय समेटेको उल्लेख गरे ।

जन प्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्माले संघले विद्यालयमा अभियान संचालन गरेकोमा खुशी व्यक्त गरे ।कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु प्रसाद दाहाल, बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका छन् ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।