नेकपा एमालेले गण्डकी प्रदेश संयोजकमा सचिव खगराज अधिकारीलाई तोकेको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजन गर्नेगरी अधिकारीलाई संयोजक तोकेको हो ।उपमहासचिव लेखराज भट्टका अनुसार कोशीमा शेरधन राई,मधेश प्रदेशमा लीलानाथ श्रेष्ठ,बागमतीमा महेश बस्नेत,राजधानीमा डा। राजन भट्टराई,कर्णालीमा यामलाल कँडेल,सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई तोकिएको छ । एमालेले राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्दा ७ सीट दाबी गरेको छ।अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मा पनि बैठकले दिएको बताए ।
बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







