रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा भएको निःशुल्क बृहत सामुदायिक स्वास्थ्य शिविरबाट ३ सय ८१ जना लाभाम्वित भएका छन् ।
रुपा गाउँपालिकाको हंसपुरस्थित रामकोट माध्यमिक विद्यालयमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट २८० जना स्थानीय बासिन्दा र १०१ जना विद्यार्थी गरी जम्मा ३८१ जना लाभान्वित भएका हुन््। ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी निवारक स्वास्थ्य सेवा, प्रारम्भिक रोग पहिचान तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो । शिविरमा विशेषज्ञ डाक्टरहरुद्धारा स्वास्थ्य परीक्षण, रक्तचाप र रक्तचिनी जाँच, चिकित्सक परामर्श, साथै नाक कान घाँटी तथा हाडजोर्नि, छाला रोग तथा भिडियो एक्सरे र इसीजि सेवा, महिला तथा प्रसुती रोग सम्बन्धी सेवा लगायतका जाँचमा डा आनन्द श्रेष्ठ, डा. भोजराज न्यौपाने, प्रा डा. चण्डीका पण्डीत, डा हुमप्रसाद न्यौपाने, डा पविन थापा, डा हरि पौडेल, डा बुनु गौडेल, डा अध्यात्म घिमिरे, लगायत आँखा अस्पताल पोखरा बाट समेत आँखा जाँचको कार्यक्रम सम्पन्न भएको थियो ।
साथै शिविरमा व्यक्तिगत सरसफाइ, पोषण, स्वस्थ जीवनशैली, रोग रो सम्बन्धी स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो । शिविरमा मौखिक स्वास्थ्य प्रर्वदनका लागि १५० थान दुथपेस्ट समेत वितरण गर्दै सही दाँत माझ्ने तरिका र नियमित मौखिक सरसफाइको महत्वबारे जानकारी दिइएको थियो। यसअघि कार्यक्रमको उदघाटन गर्दैै रोटरी क्लब अफ पोखरा मिडटाउन अध्यक्ष उपेन्द्र पौडेलले रामकोट माविको स्वर्ण जयन्ती महोत्सवका अवसरमा ग्रामीण समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्न शिविर आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी डाक्टरहरुको तर्फबाट प्रा डा. चण्डीका पण्डीतले औषधिमात्रै नभएर विशेषज्ञको राय र सुझाव समेत विरामीका लागी असाध्यै फलदायी हुने कुरा व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठले विद्यालयको स्वर्णमहोत्सव विविध कार्यक्रम सहित मनाइरहेकोमा स्वास्थ्य शिविर सञ्चालन गर्न पाएकोमा हर्ष व्यक्त गरे ।
इनरव्हील क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष यसोदा बास्तोला र रोट¥याक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष गणेश रिमालले रोटरी क्लब अफ पोखरा मिडटाउन सँग सहकार्य गर्दै शिविर सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे । रामकोट माविको स्वर्ण जयन्तीको अवसर पारेर उक्त निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






