चेतना महिला सिप विकास परियोजनाद्धारा जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ ।
पोखरा १७ महतगौडामा सञ्चालित सो विद्यालयका असहाय एवम् विपन्न वर्गका २४ जना विद्यार्थीलाई १३ हजार मुल्य वरावरका स्वीटर वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाले विद्यार्थीलाई स्वीटर वितरण गर्दै समाजका विपन्न एव् असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बनेका सामुदायिक विद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तरमा जोड दिंदै आएको बताए । विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री र पोषाकको व्यवस्थाले विद्यार्थीलाई महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गरे ।
सो अवसरमा परियोजनाका संस्थापक तारा तिमिल्सिना,सञ्चालक पविता तिमिल्सिना, विद्यालयका सहयोग प्रधानाध्यापक भिमप्रसाद रिजाल, शिक्षीकाव्दय चन्दा तिमिल्सना,सिता थापाले विद्यार्थीलाई स्वीटर वितरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






