शिशिर उजाड
पोखरा
कास्कीबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकालाई पोखरामा सम्मान गरिएको छ ।
पार्टी निकटको स्कूल अफ डेमोक्रेसी, कास्कीले शनिबार चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान एवं धन्यबाद ज्ञापन कार्यक्रमको आयोजना गरी काठमाण्डौंमा हालै सम्पन्न भएको १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डे र युवा व्यवसायी किरण केसीलाई सम्मानसहित बधाई ज्ञापन गरेको हो । नवनिर्वाचित केन्द्रीय सदस्य पाण्डे र केसीलाई स्कूल अफ डेमोक्रेसीका अध्यक्ष सुवास सिग्देल, प्रदेश सभा सदस्य बिन्दुकुमार थापा, पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले सम्मान गरे । कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य लक्ष्मी पाण्डेले पार्टीलाई एकताबद्ध र सक्रिय बनाउन बर्तमान समिति सक्षम हुने बताईन् । उनले पाटीभित्रका असन्तुष्टी र विमतीलाई थाती राखेर एकताबद्ध रुपमा स्थानीय तहको निर्वाचनमा जुट्नुपर्नेमा जोड दिईन् ।
अर्का केन्द्रीय सदस्य किरण केसीले महाधिवेशनबाट पार्टीले सक्षम नेतृत्व पाएको दावी गर्दै, उल्लेख्य मात्रामा युवाको प्रतिनिधित्व हुनु सकारात्मक रहेको बताए । पार्टीका जिल्ला सभापति किशोरदत्त बरालले महाधिवेशनमा भएका कमजोरीलाई बिर्सिएर पार्टीलाई एकढिक्का बनाउन लाग्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य एवं केन्द्रीय महाधिवेशन प्रतिनिधि बिन्दु कुमार थापाले नेपाली कांग्रेसले मात्र यो देशको सही नेतृत्व र सुशासन दिन सक्ने बताए । स्कूल अफ डेमोक्रेसीका अध्यक्ष सुवास सिग्देलले लोकतान्त्रिक पद्धतीलाई थप संस्थागत गर्न स्कूल अफ डेमोक्रेसी निरन्तर लागिपरेको बताए । उनले लोकतन्त्रका पक्षमा निरन्तर वकालत गर्दै आईरहेको र युवाहरुलाई पनि त्यसमा क्रियाशिल बनाउने काम संस्थाले गरेको बताए ।

कार्यक्रममा सहभागीहरुले आपसी सद्भाव, एकता, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । अध्यक्ष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य दीपेन्द्र मर्सानी र संचालन देवकृष्ण पराजुलीले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







