सिन्धुली र जनकपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना परेर चारको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
सिन्धुलीको फिक्कल गाउँपालिका –६ स्थित नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको ‘टाटा सुमो’ गति अनियन्त्रित भई आज विहान सुनकोशी नदीमा खसेर दुर्घटना हुँदा सुमोका चालकसहित तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । सो सवारी साधानमा १० जना यात्रु रहेका जनाइएको छ । तीन जना बेपत्ता र चार जनाको उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य सस्था घुर्मीतर्फ पठाइएको छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना, अस्थायी मनसुन बेस हर्कपुर ओखलढुङ्गाबाट १० जना र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका– १७ तेतरिया पुलमा गएराति दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी ओमप्रकाश खनालका अनुसार एउटा मोटरसाइकलका चालक १८ वर्षीय सुजित यादवको मृत्यु भएको हो ।
यादवले चलाएको मोटरसाइकलमा सवार बलराम यादव, अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ का २० वर्षीय रामपुकार यादव र त्यसमा सवार सोही स्थानका अखिलेश यादव घाइते भएका हुन् । ललितको अवस्था गम्भीर छ । निजको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार जारी छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







