पोखरा ३ नदीपुरमा रहेको पोखराको अग्रणी मन्टेश्वरी फूलवारी मन्टेश्वरी कटेजले आइतबार २६औं वार्षिकोत्सव तथा ११औं स्पोर्टस् डे सम्पन्न गरेको छ ।
कार्यक्रम प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ३ का निवर्तमान अध्यक्ष रविन्द्र बहादुर प्रजु, प्रिन्सिपल अरुणा शेरचन, विद्यालय प्रमुख निर्देशक जिवन कुमार शेरचन लगायतले बेलुन उडाएर उद्घाटन गरिएको थियो । सो अवसरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको फोटोमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजुले फुलवारी मन्टेश्वरी कटेजको कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्तै खुशी लागेको बताए । मन्टेश्वरी शिक्षा बालबालिकाको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सीप विकास गर्ने सशक्त आधार रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल अरुणा शेरचनले बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । विगत २५ वर्षदेखि प्रेम, आत्मविश्वास र अनुशासनमा आधारित शिक्षामा जोड दिँदै आएको जानकारी गराउदै उनले कार्यक्रममा सहभागी बालबालिकाहरूलाई सबै विजेता भएको भन्दै प्रयास र सहभागिताको लागि प्रशंसा गरिन् । उनले विद्यालयले आगामी शैक्षिक सत्रदेखि काठमाडौंस्थित संस्थासँग सहकार्य गरी खेलकुद गतिविधिलाई अझ व्यवस्थित बनाउने घोषणा पनि गरिन् ।
यसअघि कार्यक्रममा सहभागिलाई कक्षा ३ का विद्यार्थी नोभा गुरुङ र आरोन अचार्यले स्वागत गरेका थिए । सो अवसरमा टोडलरदेखि ३ कक्षासम्मका विद्यार्थीले मार्चपास, स्वागत नृत्य प्रस्तुत गरेका थिए । उनीहरुले समूहगत रुपमा विभिन्न खेल, कलाकौषल देखाए भने अभिभावकसंगै खेल पनि खेलेका थिए ।कार्यक्रममा पोखरा महानगरपालिकाका शिक्षा महाशाखा अधिकृत जिवन प्रसाद रेग्मी, प्राध्यापक नम्रता थापा पौडेल, डा जमुना गुरुङ, कलाकार दुर्गा वराल वात्स्यायन, विजयपुर व्यारेकका कर्णेल नरोत्तम पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
विद्यालयका प्रमुख, निर्देशक ई जिवन कुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक सुनीता बास्तोलाले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







