नेपाल रेडक्रस सोसाइटी पोखरा १८ उपशाखा सराङ्कोटको २९औं वार्षिक साधारण सभा तथा माध्यमिक विद्यालय स्तरीय वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उपशाखा सभापति दामोदर तिमिल्सिनाको सभापतित्व तथा पोखरा १८ का जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीको प्रमुख आतिथ्यता एवम् जिल्ला कार्यसमिति सदस्य बविता सुवेदी र सूर्यप्रसाद तिमिल्सिना पालुवाको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले सभापतिद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षबाट पेश भएको लेखा परीक्षण प्रतिवेदन पारित गर्नुका साथै सचिवद्वारा पेश भएको कुल ३‚९६‚३०० रुपैयाको चालु वर्षको बजेट तथा कार्यक्रमहरू समेत अनुमोदन गरेको थियो । कार्यक्रममा अवसरमा सराङ्कोटमा क्रियाशील राजनैतिक दलहरू‚ सामाजिक सङ्घसंस्थाहरू‚ सहकारी संस्थाहरूका प्रमख तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथिको मन्तव्य राख्दै जनप्रतिनिधि कल्पना ढकाल क्षेत्रीले पोखरा महानगर पालिका वडा नं। १८ को कार्यालयले सधै रेडक्रससँग सहकार्य गरी अगाडि बढेको र सराङ्कोट विपत जोखिमका दृष्टिकोणबाट संवेदनशिल क्षेत्र भएको हुँदा यस वडामा रेडक्रसको महत्व विशेष रहेको बताईन् । सोही अवसरमा प्रमुख अतिथि ढकालले आधारभूत प्राथमिक उपचार तालिममा सहकार्य गर्न यस वर्ष वडा कार्यालयले रु १ लाख आर्थिक सहयोग गर्ने गरी रकम विनियोजन गरेको समेत जानकारी दिईन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सदस्य बविता सुवेदीले रेडक्रस अभियानमा यस उपशाखाको भूमिका महत्वपूर्ण रहेको भन्दै उपशाखाका कामको प्रशंसा गरिन् । संस्थापक सभापति सूर्य प्रसाद तिमिल्सिना पालुवाले उपशाखा स्थापनाका स्मरणीय पलहरूका बारेमा जानकारी दिए । नुसोही अवसरमा नेकपा एमाले पोखरा १८ का उपसभापति शालिकराम तिमिल्सिना‚ नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति नारायण बहादुर खड्का‚ भावना सामुदायिक कृषि सहकारीका अध्यक्ष मिन बहादुर थापा‚ शान्त माविका पूर्व प्रअ तिर्थराज ढकाल‚ जनजागृति माविका प्रअ तथा संस्थापक सचिव यम बहादुर थापा‚ पूर्व सभापतिहरू शिवप्रसाद कोइराला‚ गङ्गाधर तिमिल्सिना र सूर्य प्रसाद तिमिल्सिनाले रेडक्रसको भूमिका माथि प्रकाश पार्दै कार्यक्रम सफलताको शुभकामना दिए ।
यसै सन्दर्भमा पोखरा १८ उपशाखाबाट जिल्ला कार्य समितिको सदस्य पदमा निर्वाचित संस्थापक सभापति सूर्यप्रसाद तिमिल्निसालाई सम्मान प्रदान गरिएको थियो । उपशाखाको वार्षिक साधारण सभाको सन्दर्भ पारेर पोखरा १८ मा रहेका माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुविच रेडक्रस अभियानमा जुनियर युवाको भूमिका विषयक वकृत्वकला प्रतियोगित समेत आयोजना गरिएको थियो । सो प्रतियोगितामा जनजागृति माविका छात्र करुणा खड्काले प्रथम स्थान‚ पोखरा चिसाखोला वेद विद्याश्रमका छात्र अर्जुन पौडेलले द्वितीय‚ जनजागृति माविका छात्र इश्वर भणडारीले तृतीय तथा शान्त माविका छात्र राजकुमार पौडेल र पोखरा चिसाखोला वेद विद्याश्रमका छात्र पितम्बर पौडेलले सान्त्वना स्थान प्राप्त गरे । उत्कृष्ट विद्यार्थीहरुलाई जिल्ला कार्य समिति सदस्य वविता सुवेदीले नगद पुरस्कार तथा सभापति दामोदर तिमिल्सिनाले प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रममा उपसभापति इन्द्र कुमारी थापाले स्वागत मन्तव्य तथा कार्यक्रम सञ्चालन सचिव बलराम तिमिल्सिनाले र सात सिद्धान्त बाचन सदस्य विन्दु थापाले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







