नेपाली कांग्रेस विशेष महाधवेशन पक्षधरको भृकृटीमण्डपमा जारी महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ ।
सभापति पदका लागि मंगलबार ४ जनाले मनोनयन पत्र लगेकोमा एक जनाको मात्रै उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म सभापति पदमा गगन थापाको मात्रै उमेदवारी परेको छ । स्रोतका अनुसार अरू कसैले सभापति पदमा उमेदवारी दिएका छैनन् । संस्थापनसँगको वार्तामा प्रगति नभएपछि थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
गुरु घिमिरे र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।नेता बहादुरसिंह लामाले सहमहामन्त्री पदमा उमेदवारी दिएका छन् । दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







