रतनपाण्डे माविमा पहिलो महिला प्रधानाध्यापक


     एभरेस्ट आवाज    
     पौष ३० गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा महानगरपालिका १३ आर्वामा रहेको रतनपाण्डे माविले पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ ।

विद्यालय स्थापना भएको ६८ वर्षको ईतिहासमा पहिलो पटक शिक्षक संगीता पोखरेल प्रधानाध्यापक नियुक्त भएकी छिन् । पोखरेललाई केही दिन अघि बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअ नियुक्त गर्ने निर्णय गरेको थियो ।पोखरा महानगर शिक्षा महाशाखाबाट औपचारिक रुपमा प्रअ नियुक्तिको पत्र प्राप्त भएपछि मंगलबार पदस्थापन गरिएको अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । यसअघि राहत करारका विष्णुप्रसाद दाहाललाई प्रअ नियुक्त गरेपछि चौतर्फी आलोचना खेपेको विद्यालयले निमावि तृतीय श्रेणीकी पोखरेललाई जिम्मेवारी दिएको बताईएको छ ।

जिम्मेवारी सम्हाल्दै प्रधानाध्यापक पोखरेलले विद्यालयको शैक्षिक तथा भैेतिक विकासमा सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने बताईन् ।कक्षा बालविकास देखि १२ सम्म संचालित विद्यालयमा करिव ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।