पोखरा, माघ ५
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिना गुरूङलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की-३ मा गुरुङलाई टिकट दिएको हो ।
यसअघि यस क्षेत्रमा एमालेका दामोदर पौडेल बैरागी बिजयी भएका थिए । जेनजी आन्दोलनका कारण कार्यकाल पूरा नभई विघटित प्रतिनिधि सभा सदस्य रहेका बैरागी यस पटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा नेकपाले प्रेम पौडेललाई उम्मेदवार बनाएको छ भने कांग्रेसले हालसम्म उम्मेदवार टुंग्याएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







