कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेशको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ युनिट रगत सङ्कलन भएको छ । कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त युनिट रगत संकलन भएको हो ‌।
कृषि विकास बैंक कर्मचारी सङ्घ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष छगेन्द्र आचार्य तथा विशेष अतिथि कृषि विकास बैंक गण्डकी प्रदेशका निर्देशक घनेन्द्र अधिकारी र उपमहासचिव ऋषिराम रेग्मी थिए।

कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाइटी कास्कीले गरेको अध्यक्ष सन्तोष थापाले जानकारी दिए। रगतको अभावले हुने मानवीय जीवनको क्षतिलाई न्यूनीकरण गर्न हरेक बर्ष बैक दिबसको अबसर रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।