सन्देश श्रेष्ठ
पोखरा, माघ ६
कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट राजकाजी गुरुङ (करण), राष्ट्रिय स्वतन्त्र पार्टीबाट खड्कराज पौडेल (गनेस), उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा, श्रम संस्कृति पार्टीबाट बिलबहादुर तामाङ, विप्लव नेतृत्वको नेकपा माओवादीबाट कुमार परियार, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट कर्णबहादुर गुरुङ, मंगोल नेसनल अर्गनाईजेसन पार्टीका श्रीमान थापा मगर, नेपाल मानवतावादी पार्टीबाट आशबहादुर दमै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुराम थापा, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर दर्जी, नेसनल रिपब्लिक पार्टीबाट यज्ञबहादुर गुरुङ, आम जनता पार्टीबाट हर्कबहादुर थापा र स्वतन्त्रबाट कृष्णबहादुर राउतले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका रानाभाट महासमिति सदस्य हुन् भने एमालेका अधिकारी एमाले कास्कीका अध्यक्ष हुन् । त्यस्तै, नेकपाका राजकाजी पार्टीका केन्द्रीय सदस्य तथा रास्वपाका गनेस पनि केन्द्रीय सदस्य हुन् । कांग्रेसको गढ भनेर चिनिने यस क्षेत्रमा यसअघि २०७९ सालको निर्वाचनमा एमालेका मनबहादुर गुरुङले जितेका थिए ।
कास्की–२ मा जम्मा १७ जनाले उम्मेदवारी दिएका छन् । यहाँ १२ वटा पार्टी र ५ जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । जसमा १६ पुरुष र एक महिलाले उम्मेदवारी दर्ता गरेको कास्की–२ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला, एमालेका रस्मी आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा (आमोद), रास्वपाबाट उत्तम पौडेल, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, राप्रपाबाट हेमजङ गुरुङ, मंगोल नेसनल अर्गनाइजेसनका ओलबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका विनिता अवाल, नेपाल जनमुक्ति पार्टीका ख्यामबहादुर गुरुङ, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल कम्युनिष्ट पार्टीबाट (माओवादी)बाट प्रेमबहादुर थापा र नेसनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा विष्णुप्रसाद तिवारी, निरञ्जन कोईराला, निर्दोषविक्रम पौडेल, रामचन्द्र आचार्य र वसन्तराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । कास्की–२ एमालेको गढ क्षेत्र हो । यहाँ २०६४ सालदेखि निरन्तर एमालेले जित्दै आएको छ । २०६४, २०७० र २०७४ मा रविन्द्र अधिकारीले जितेको यो क्षेत्र उनको देहान्तपछि उनकी धर्मपत्नी विद्या भट्टराईले २०७६ को उपचुनाव र २०७९ सालमा जितेकी थिईन् । यहाँ कांग्रेसका मधु, एमालेका रस्मी, नेकपाका हेमबहादुर र रास्वपाका उत्तमबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसका बास्तोला पार्टीका गण्डकी प्रदेशका प्रवक्ता हुन् भने रस्मी अनेरास्ववियुका पूर्व उपाध्यक्ष तथा अवसर नपाएका नेतामा पर्छन् । त्यस्तै, नेकपाका थापा माओवादीले गरेको जनयुद्दका लडाकु तथा गजुरी आक्रमणका योद्दा हुन् भने रास्वपाका पौडेल रास्वपा सभापती रवि लामिछानको कोर टिमका सदस्य हुन् ।
कास्की–३ मा १५ जनाले मनोनयन दर्ता गरेका छन् । यहाँ १५ दलका १३ पुरुष र २ महिलाले उम्मेदवारी दर्ता गरेको कास्की–३ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ कांग्रेसबाट मनोज गुरुङ, एमालेबाट दामोदर पौडेल (बैरागी), नेकपाबाट गोपाल गिरी, रास्वपाबाट बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अर्जुनप्रसाद खनाल, नेपाल मात्रिभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कमल खड्का विश्वकर्मा, आम जनता पार्टी (आजपा)बाट कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाईजेनबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की र उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । त्यस्तै, नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मिनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मिना न्हिसुतु र श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् ।
कास्की–३ एमालेले जित्दै आएको क्षेत्र हो । पटकपटक एमालेका जगतबहादुर विकले जितेको यो क्षेत्रमा अघिल्लो पटक एमालेकै दामोदर बैरागीले जितेको क्षेत्र हो । उनी अहिले पनि एमालेबाट उम्मेदवार छन् । यहाँ कांग्रेसका मनोज गुरुङ, एमालेका बैरागी र रास्वपाका बिना गुरुङबीच प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ साउन । नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध…





