टिकट वितरणको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई एमालेकै केही नेताले असन्तुष्टि जनाएका छन् ।
नेता सुरेन्द्र पाण्डे र गोकुल बास्कोटाले आज सामाजिक संजालमा लेखेर नेता कार्यकर्ताको मनोवल खस्काउने कार्य नगर्न नेतृत्वलाई सुझाव दिएका हुन् । महाधिवेशनमा ओली निकटका शंकर पोखरेलसँग महासचिवमा प्रतिस्पर्धा गरेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एक ढिक्का बनाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा निर्वाचनको समयमा कार्यकर्ताको मनोबल खस्किने खालका प्रतिक्रिया नदिन नेतृत्वलाई सुझाव दिए ।उनले लेखेको सन्देशमा भनिएको छ, ‘अहिले कार्यकर्ताको मनोबल घटाउने बेला होइन, सबैलाई जोडेर ऊर्जा प्रदान गर्नु पर्छ ।’ उनले आफू एमालेका उम्मेदवारहरुलाई जिताउन मैदानमा खटिएको बताएका छन् ।नेता पाण्डेलेआफ्नै सहयोद्धाहरूलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नुभन्दा संस्थागत निर्णय र सामूहिक विचारको जगमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै राजनीतिक परिपक्वता भएको बताएका छन् ।
उनले भनेका छन्, ‘टिकट वितरणको ‘क्याल्कुलेसन’ लाई हामीले पार्टी हितका लागि कुनै विरोध नगरी स्वीकार ग¥यौँ, तर एमालेलाई जिताउने हाम्रो साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन। मेरा लागि वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन् र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह राख्ने मेरो राजनीतिक संस्कार छैन । तसर्थ, टिप्पणीहरूको व्यर्थ खण्डनमा अल्झिनुभन्दा म अहिले एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिइसकेको छु।’टिकट वितरणको सवालमा अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गरेर पाण्डेले यस्तो सुझाव दिएका हुन् ।
एमालेका अर्का नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्उनले बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्।उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, कर्तव्य र दायित्व म भुल्न सक्दिनँ। पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन । जननेता मदन भण्डारीको यो भनाइ मेरो राजनीतिक आदर्श हो।’ उनले लेखेका छन् ।
अध्यक्ष ओली भने झापामा ५ दिन विताएर शुक्रबार साँझ काठमाण्डौ फर्किएका छन् । झापामा रहँदा उनले उमेद्वारी दर्ता, कार्यकर्ता भेटघाट देखि जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भवनको अवलोकन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






