नेपालमै एलायन्स क्लव इन्टरनेशलको पहिलो डिस्ट्रिक्टको स्थापना भएको छ ।
भारतको नयाँ दिल्लीमा प्रधान कार्यालय रहेको यस संस्थाको डिस्ट्रिक्ट १०५५ को पोखरामा उद्घाटन सहित पदस्थापन भएको हो । डिस्ट्रिक्टको पोखरामा सम्पन्न कार्यक्रमले पोखरा, लामाचौर निवासी थिर बहादुर थापालाई गभर्नरमा निर्वाचित गरेको हो । प्रथम भाइस गभर्नरमा तनहुँ खैरेनीटारका डा लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेल चयन भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी एलायन्स क्लव इन्टरनेशलका इन्टरनेसनल प्रेसिडेन्ट एली राजकुमार सक्सेना,फाउन्डर प्रेसिडेन्ट एली थिरुपति बुद्धराजु र इन्टरनेसनल भाइस प्रेसिडेन्ट एली के राजेश्वर रावले एलायन्स क्लवका पदाधिकारीलाई सपथ तथा पदस्थापन गराएका थिए ।
कार्यक्रममा बोल्दै एलायन्सका इन्टरनेसनल प्रेसिडेन्ट सक्सेनाले एलायन्स क्लव सामाजिक र मानवसेवामा समर्पित संस्था भएकाले यसको सदस्य हुनुमा गौरव रहेको बताए । विशेष अतिथि एलायन्स इन्टरनेसनलका फाउन्डर प्रेसिडेन्ट बुद्धराजुले एलायन्सका सदस्यले अनुशासनको पालना गर्नुपर्ने बताए । सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एलायन्सको मुख्य लक्ष्य रहेको उनको भनाई थियो। नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर थिरबहादुर थापाले आफ्नो समाजमा अवसर नपाएका नागरिकहरुलाई सामाजिक सेवाका हातहरु फैलाउँदै सेवा गर्दै जाँदा आफुलाई आत्म सन्तुष्टी सहित नेतृत्व विकास, आपसी भाईचारको सम्बन्ध प्रगाढ हुने बताए । भारत लगाएतका २२ देशका बजारमा व्यवसायिक साझेदारीका अवसरहरुको सम्पर्क रहने, अध्ययन गर्न वा औषधी उपचारका लागी भारत जाँदा एलायन्स संञ्जालले सहजीकरण गर्ने, न्युन शुल्कमा अन्तर्राष्ट्रिय सदस्यता प्राप्त हुनेबारेमा जानकारी गराए ।
कार्यक्रमका अवसरमा एलायन्स नेपालका पूर्व मल्टिपल चेयरपर्सन एली नन्दराज पोखरेल, लायन्स क्लव इन्टरनेसनल ३२५ एल नेपालका प्रथम भाइस गभर्नर तेजनारायण पराजुलीले शुभकामना तथा एलायन्स क्लव १०५५ का प्रथम भाइस गभर्नर डा लक्ष्मण तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा मुस्ताङ, बागलुङ, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, चितवन र कास्कीमा रहेका ४३ भन्दा बढी क्लवका ५०० भन्दा बढी पदाधिकारीको पदस्थापना गरिएको थियो ।
एलायन्स इन्टरनेसनल डिस्ट्रिक्ट १०५ का गभर्नर एली उषारानी अतलुरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नव निर्वाचित सचिव एली ताराप्रसाद पोखरेल र एली शंकरबहादुर क्षेत्रीले गरेका थिए ।सो अवसरमा क्रिस्टल स्कुल लेकसाइड र पोखरा मन्टेश्वरी स्कुल लामाचौरका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

यो संस्था नेपाल लगाएत २२ राष्ट्रमा संजाल फैलिएको छ । क्लवको स्थापना सन २००८ मा भारतको केरलामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







