गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा न्यायिक सहजकर्ताका लागी क्षमता अभिबृद्वी तथा आत्ममूल्यांकन तालिम पोखरामा सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य न्याधिवक्ता चिरन्जीवी शर्मा पौडेलले न्याय सम्पादन गर्दा लहड र भावनाका आधारमा नभई कानुनको आधारमा हुनुपर्ने बताए । उनले स्थानीय तहका न्यायिक समिति निष्पक्ष र कामकाजी बन्दा समग्र न्याय प्रणाली प्रतीको गरिमा नै बढ्ने बताउँदै त्यस तर्फ केन्द्रित हुन सुझाव दिए । दुइ दिन सम्म संचालन हुने तालिममा गण्डकी प्रदेशका चार जिल्लाका २८ वटा पालिकामा कार्यरत न्यायिक सहजकर्ताहरुको सहभागिता रहेको प्रतिष्ठानका निर्देशक एवं कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।
तालिममा मुख्य न्यायाधिवक्ता पौडेल ,सहप्राध्यापक डा भीमदत्त बराल , पोखरा महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरुङ ,उपप्राध्यापक कृष्ण प्रसाद तिमिल्सिना लगायतले सहजीकरण गर्ने छन् ।न्यायिक सहजकर्ताको काम कर्तव्य र अधिकार तथा उजुरी लिने कार्यविधि,विवाद निरुपण गर्ने कार्यविधि लगायतका विषयमा प्रशिक्षण दिईने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक एव कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले स्वागत र प्रतिष्ठानका प्रशिक्षण अधिकृत इ मनोज पौडेलले संचालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






