पोखरा लेडी जेसीज बर्ष २०२६ ले शाखाका पदाधिकारीलाई तालिम दिएको छ ।
पदाधिकारीहरुको पदिय दायित्व तथा जिम्मेवारी बोध गराउने तथा जेसीजका बारेमा जानकारी दिने उद्धेश्यले तालिम दिईएको कोषाध्यक्ष रेजीना कटुवालले जानकारी दिईन् । तालिममा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसिआइ सिनेटर इन्जीनियर किरण के सीले जेसीजले मानवीय सेवा र सहयोगका क्षेत्रमा खेलेको भुमिकाको चर्चा गर्दै, संस्थाको सदाचार र यसको गरिमाको विषयमा प्रशिक्षण दिएका थिए ।कार्यक्रममा पोखरा लेडी जेसिजका पुर्व अध्यक्ष संगिता पौडल, गायत्री फुयाँल,कार्यक्रम संयोजक जेसी सरीता भुजेल लगायतले जेसीजमा आवद्ध सदस्यमा सामाजिक भावना उच्च हुनुपर्ने बताए ।
पोखरा लेडि जेसीज बर्ष २०२६ का अध्यक्ष जेसी सुनिता गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव जेसी सिर्जना आलेले गरेकी थिईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाली कांग्रेस रूपा गाउँपालिका वडा नं. ३ र ४ को…







