आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग


     एभरेस्ट आवाज    
     माघ १३ गते २०८२ मा प्रकाशित




निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ ।

नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक ९शोभा पाठक० लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिईन् । जसअन्तर्गत निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड ९ञ० र ९ण० उल्लङ्घन गरेको हो वा होइन भनी उहाँलाई आयोगले स्पष्टीकरण सोधेको हो । त्यसैगरी श्रम संस्कृति पार्टीलाई पनि आयोगले दलको लोगो, नाम, चिह्न र उम्मेदवारको तस्बिर अङ्कित टिसर्ट लगाई बालबालिकाको प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको उनले बताईन् । यसबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा ९१० को खण्ड ९घ० उल्लङ्घन भएको ठहर गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

जनसेवा पार्टीकै अर्का उम्मेदवार कमल भुसाल ९डा निकोलस० लाई पनि आयोगले सामाजिक सञ्जाल समेतमा सार्वजनिक गरेको जुत्ता सम्बन्धमा जेनजी आन्दोलनमा रगतमा लतपतिएको भाइरल जुत्ता अमुक व्यक्तिको रहेको र सो जुत्ता दरुपयोग भएको भनी उजुरी पर्न आएकाले आयोगले स्पष्टीकरण सोधेको छ । नेपाल स्वास्थ्य स्वयम्सेवक सङ्घलाई ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने विषयको उजुरी प्राप्त भएकाले यसमा के कसो भएको हो रु कुन मितिमा अधिवेशन गर्न लागेको हो भनेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले स्वास्थ्य स्वयम्सेवक सङ्घलाई तीन दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।

आधारभूत विद्यालय, श्रीसिया, आदर्शचोकलाई विद्यालयमा कार्यरत बालविकास शिक्षिका सन्तोषी गुप्तालाई एवं जोरजुलम करकाप प्रयोग गरी सरुवा गरिएको भन्ने व्यहोराको उजुरी प्राप्त भएकाले यस विषयमा के कसो भएको हो रु भनी स्पष्टीकरण सोधिएको छ । निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड च अनुसार सो विद्यालयलाई स्पष्टीकरण सोधिएको पनि आयोगले जनाएको छ । विद्यालयलाई दुई दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीका भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का उम्मेदवार महेश बस्नेतलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । मधेसी समुदायको संस्कृति र पहिचानमाथि प्रहार, भाषिक नश्लवाद र घृणास्पद अभिव्यक्ति दिएकाले कारबाही गरी पाऊँ भन्ने विषयको उजुरी पर्न आएकाले उजुरीमा उल्लेख गरिएजस्तो अभिव्यक्ति दिनुभएको हो वा होइन भनी आयोगले स्पष्टीकरण सोधेको हो । यसबाट नेपालको संविधानको धारा १८, निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड ९ठ०, सोही आचारसंहिताको दफा १३ को उपदफा ९१० को ९ञ०, मुलुकी अपराधसंहिता, २०७४ को दफा १५६ र विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को पनि उल्लङ्घन भएको हो होइन भनी आयोगले बस्नेतसँग जवाफ माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहलाई सार्वजनिक बहसका लागि एमाले अध्यक्षले सामाजिक सञ्जालमा राखेको विषयमा लेखेको प्रतिक्रियाका बारेमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले यसअघि निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सामाजिक संस्था, सरकारी निकायलगायत आठवटा निकायलाई स्पष्टीकरण सोधेको थियो ।

आजसमेत गरी आयोगले आचारसंहिता विपरीत काम गरेको उजुरी आएको भनी १५ वटा स्पष्टीकरण सोधेको छ । त्यसमध्ये हालसम्म एउटाको मात्र जवाफ प्राप्त भएको जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।