पोखरा महानगरपालिका वडा नं १७ दोविल्लाका वासिन्दाकाले सेती र फुस्रेखोलाको कटान नियन्त्रण गर्न उमेद्वारसंग प्रतिवद्धता मागेका छन् ।
बर्षेनी कटान भईरहदा यस क्षेत्रको वस्तीनै जोखिममा परेको भन्दै उनीहरुले समस्याको दिर्घकालीन समाधान हुनु पर्नेमा जोड दिएका हुन । चुनावी अभियानका क्रममा उक्त क्षेत्रमा पुगेका नेकपा एमालेका तर्पmवाट प्रतिनिधि सभा सदस्यका उमेदवार रश्मि आचार्यसंग उनीहरुले समस्याको समाधान हुने प्रतिवद्धता खोजेका हुन । सेतीनदी र फुस्रेखोलाको निरन्तर कटानका कारण वस्ती उच्च जोखिममा परेको भन्दै उनीहरुले चुनावी प्रतिवद्धतामै वस्ती संरक्षणलाई प्राथमिकतामा राख्न माग रहेको स्थानीयवासिन्दा भगवती पौडेलले बताईन् । उनका अनुसार पोखरा १७ र १५ को विच भागमा रहेको सेतीनदी र २१ को सिमानमा रहेको फुस्रेखोलाको संगमस्थाल दोविल्ला वस्तीमा हरेक बर्ष मनसुनका वेला कटान तीब्र हुँदै गएको छ ।
निरन्तरको बर्षाका कारण वस्तीमात्र होईन, मुख्य सडकसमेत खस्ने अवस्थामा आएको बताउँदै उनले भनिन् केही बर्षअघि खोला छेउमा पर्खाल निर्माणको काम शुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । अर्का स्थानीय गौतम गिरीले उक्त क्षेत्रमा ४४ घर परिवार वसोवास गर्दै आएका छन् । कटानको जोखिम बढ्दै गएपछि केही परिवार विस्थापित हुन वाध्य भएको बताउँदै वस्ती संरक्षणका लागि नदी र खोला किनारामा तटबन्ध, पर्खाल निर्माण र जोखिम न्यूनीकरणका अन्य उपाय तत्काल लागू गर्नुपर्नेमा ध्यानाकर्षण गराए । स्थानीय तह, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराउँदै दोविल्लावासीले दीर्घकालीन समाधान नभए सिंङ्गो वस्ती नै विस्थापित हुने खतरा रहेको छ भने पोखरा १७ र २१ जेड्ने दोविल्लास्थित फुस्रेखोला माथिको पक्कि पुल समेत जोखिममा परेकोमा चिन्ता व्यक्त गरेका थिए ।
स्थानीयको भेलामा उम्मेवादर आचार्यले नदी र खोलाको कटानको कारण उच्च जोखिममा रहेको दोविल्ला क्षेत्रको संरक्षणका साथै आवश्यक पूर्वाधार निर्माणमा आफु प्रतिवद्ध भएर लाग्ने विश्वास व्यक्त गरे । जनभावनाको उच्च कदर गर्दै विकास निर्माणमा जुट्ने विश्वास व्यक्त गर्दै उहाँले पार्टीको प्रतिवद्धता प्रकाशनका लागि सुझाव संकलन गर्न टोलटोलका मदाता समक्ष पुगेको बताए । विभिन्न दलका उम्मेदवारसंग पनि स्थानीयको कटान नियन्त्तणको प्रयासका लागि अग्रसरता लिन आग्रह गर्दै आएको स्थानीय नवयुवा राजु गिरीले जानकारी दिए ।
उनले फुस्रेखोलाको संगमस्थलका रुपमा रहेको दोविल्ला क्षेत्रको दुवै नदीको कटानको कारण सो क्षेत्रमा सहारा क्वलद्धारा सञ्चालित सहारा एकेडेमी लगायतका विभिन्न संघसंस्था सहित ठूलो बस्ति उच्च जोखिममा परेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० माघ विश्व सिमसार दिवस २०२६ को अवसरमा पोखराका दुई विद्यालयमा…






