समाजसेवी इन्द्रदेवी तुलाचनको निधन


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




पोखराकी समाजसेवी इन्द्रदेवी तुलाचनको निधन भएको छ ।

९३ बर्षिया तुलाचनको शुक्रबार साँझ आफ्नै निवास पोखरा महानगरपालिका वडा नं ३ नदीपुरमा निधन भएको कान्छा छोरा डा बालमुकुन्द तुलाचनले जानकारी दिए । स्वर्गीय इन्द्रदेवी स्व डा प्रकाश तुलाचनको धर्मपत्नी हुन् । स्व डा प्रकाश पोखरा र आसपासका जिल्लाहरुका विरामीहरु माझ निकै परिचित थिए । प्रकाश डाक्टर भनेपछि नदीपुर क्षेत्रमा मानक नै बनेको छ । कोहि विरामी भएपछि प्रकाश डाक्टरलाई देखाउ भन्ने भनाई आम जनमानसमा रहेको थियो।

स्वर्गिय इन्द्रदेवीको पार्थिव शरिरलाई शनिवार वौद्ध अर्घौं सदन रामघाटमा बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । उनी ब्रम्हकुमारी राजयोग केन्द्रमा सदस्य थिईन् । उनका २ छोरा डा विनोद तुलाचन र डा बालमुकुन्द तुलाचन तथा छोरी रजनी शेरचन छन् । बुबा डा प्रकाश तुलाचनको त्यो स्वास्थ्य क्षेत्रमा दिएको योगदानलाई अहिले छोराहरु विनोद र बालमुकुन्दले धानिरहेका छन् ।

छोरा बालमुकुन्दले तत्कालीन अवस्थामा बुबाले सुरुमा मोहरियाटोलमा स्वास्थ्य क्लिनिक खोलेर सेवा दिएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।