पोखरा १७ का स्थानीयबासीले वडाको समग्र विकासमा एमालले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।
नेकपा एमालेबाट कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यलाई सुझाव दिदैं, त्यस क्षेत्रका मतदाताले समानान्तर विकासमा जोड दिन आग्रह गरे । उनीहरुले वडामा विकासले क्रमशः गति लिएको बताउदै बजार एरियाबाट भित्री क्षेत्रमा सडक,बाटो, ढल लगायतका समस्या रहेको गुनासो गरे ।निर्वाचनमा विजयी भएर संसदमा गएपछि कानून निर्माणमा आफ्नो सशक्त भूमिका खेल्न आग्रह गर्दै जितको अग्रिम शुभकामना दिएका छन।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी प्रचारको क्रममा पोखरा १७ मा पुगेका उम्मेदवार आचार्यलाई स्थानीयले जितको अग्रिम शुभकाममा दिएका हुन् । सोही अवसरमा विकास प्रेमी, जनतामूखी उम्मेदवार आचार्यले सूर्य चिन्हमा मतदान गरि काम गर्ने अवसर मिलाइदिन आग्रह गरे । आफू जितेर गएपछिको मूख्य जिम्मेवारी राम्रो कानून बनाउने रहेको बताए ।
उनले भष्ट्राचार विरुद्द ,सुशासनको पक्षमा सधै सदनमा आवाज उठाउने भन्दै यस क्षेत्रका मतदाताको शिर निहुँरिन नदिने प्रतिबद्धता जनाए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिका सभापति उमेदवार टुंगो लगाएको छ । बिहीबार…






