एमाले क्षेत्र नं. ३ मा चुनावी अभियान तीब्र


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०८२ मा प्रकाशित




यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी एमाले कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ ।

एमाले उमेद्वार दामोदर पौडेल, समानुपातिक उमेद्वार दीपक बहादुर पौडेलसहितका नेता कार्यकताले क्षेत्र नं. ३ का बिभिन्न स्थानमा पुगी मतदातासँग भेटघाट गर्दै सुझाव संकलन गरेका छन् । सोही क्रममा निर्वाचन परिचालन कमिटी पोखरा १९ को आयोजनामा, लामाचौर, घार्मी, पुरञ्चौर लगायतका क्षेत्रमा घरदैंलो गरेको एमाले नेता सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । घरदैलो तथा मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले आफुले जनताका समस्यालाई नजिकबाट बुझेको बताउँदै, ति समस्याको समाधान नै आफ्नो मुख्य एजेण्डा रहेको बताए । यस अघि पनि निर्वाचित भएका पौडेलले बिभिन्न योजनाहरु कार्यान्वयनको चरणमा रहेको र ती योजना सहितका काम सम्पन्न गर्न आफु चुनावी मैदानमा उत्रिएको बताए ।

चुनावी अभियानका क्रममा नेता जगत विश्वकर्मा,शाोभामोहन पौडेल,माधव बास्तोला,प्रदेश कमिटी सदस्य अर्जुन अधिकारी, जिल्ला कमिटीका सदस्य सुरेन्द्रमानसिंह भण्डारी,इमानराज पौडेल,नेता उमानाथ गौतम,महानगर कमिटीका उपसचिव बिष्णुप्रसाद गौतम,लक्ष्मी अधिकारी,पुराना कम्युनिष्ट नेता मीनराज पौडेल, हुतराज शर्मा,सल्लाहकार बलराम पौडेल, पुर्व महानगर कमिटी सदस्य डिल्लीराम पौडेल,पुर्व जनप्रतिनिधी तारा परियार चन्द्रबहादुर सुनार, स्थानीय नेता रमेश पौडेललगायतले समृद्ध देश निर्माणको नेतृत्व एमाले बाहेक अरुले गर्न नसक्ने बताए । वडा कमिटीका अध्यक्ष कोमलप्रसाद बास्तोलाको संयोजकत्वमा गठित परिचालन समितिले चुनावी प्रचार र घरदैलोंलाई निरन्तरता दिईरहेको छ ।

पहिलो चरणको प्रचार अभियान सम्पन्न गरेको कमिटीले अब दोस्रो चरणमा वडाका प्रत्येक भुभागमा र्यालीसहितको अन्र्तक्रिया कार्यक्रमको तयारी गरेको बताईएको छ ।उमेद्वार पौडेललाई जिताउन वडामा बास्तोलाको संयोजकत्वमा ५ सय ५५ सदस्यीय प्रचार समिति गठन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।