रत्नज्योति मा बि.मा वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी र खाद्य महोत्सव सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०८२ मा प्रकाशित




पोखराको अग्रणी संस्थागत विद्यालय श्री रत्नाज्योति माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी (Science Exhibition) र खाद्य महोत्सव (Food Festival) सम्पन्न गरेका छन् I
फुड फेस्टवल आयोजक समितिका अध्यक्ष प्रवेश परियार (कक्षा १२) को अध्यक्षता तथा सचिव चेतन कुमार पोखरेल (कक्षा १२) को सञ्चालनमा भएको कार्यक्रममा +२ संयोजक चुवन सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।
प्रमुख अतिथिको रुपमा फिस्टेल लज पोखराका सेफ गोबिन्द खनालले आयोजक विद्यार्थीहरुलाई कक्षा ११ र १२ भित्रै आफ्नो जीवनको लक्ष्य किटान गरि सक्नुपर्ने र किटान गरिएको लक्ष्यमा निरन्तर मेहनत गर्नुपर्ने धारणा ब्यक्त गरे I होटल व्यवस्थापन तथा खाद्य परिकार उत्पादनको क्षेत्रमा निरन्तर ३२ वर्ष सम्म क्रियाशिल भएको अनुभवको आधारमा वर्तमान समयमा होटल व्यवस्थापन विषयको सान्दर्भिकता देश भित्र र वाहिर समेत दिनानुदिन बढ्दै गएको तर नागरिक स्वास्थ्य जोगाउदै स्वादिलो खाद्यपरिकार निर्माण कार्यलाइ निरन्तरता दिनु आजको प्रमुख चुनौती भएको विषय समेत औंल्याए I
सो कार्यक्रममा विज्ञान समुहमा अध्ययन गर्ने विद्यार्थीहरुले २ वटा स्टलहरु तयार गरि विभिन्न किसिमका विज्ञान सामाग्रीहरु कार्यक्रमका सहभागीहरुलाई प्रदर्शन तथा तिनीहरुको भविष्यमा हुनसक्ने उपयोगिता सम्वन्धि जानकारी गराइएको थियो I यसै गरि होटल व्यवस्थापन समुहमा अध्ययन गर्ने विद्यार्थीहरुले खाद्य महोत्सव अन्तर्गत ५ वटा स्टलहरु मार्फत बिभिन्न परिकारहरु तयार गरि सहभागीहरुलाई खाद्य परिकारहरुको स्वाद तथा स्वस्थता परिक्षण गराएका थिए I व्यवस्थापन समुहका विद्यार्थीहरुको व्यवस्थापनमा संचालित साँस्कृतिक कार्यक्रमलाई कक्षा ११ बिद्यार्थी रबिन छन्त्यालले अगाडि बढाएका थिए जसमा विभिन्न किसिमका नृत्य , गायन र प्रहसन समेत प्रस्तुत गरिएको थियो।
दिउँसो २:३० देखि ६:३० सम्म संचालित वृहत साँस्कृतिक कार्यक्रमको साथमा विज्ञान प्रदर्शनी (Science Exhibition) र खाद्य महोत्सव (Food Festival) कार्यक्रममा विद्यालयका संस्थापक/निर्देशक तथा नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, वि. व्य. स. अध्यक्ष टुवराज वास्तोला, विद्यालय सुपरिवेक्षक तिर्थराज ढकालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे भने प्राचार्य विष्णु प्रसाद भट्टराईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा विष्णुपादुका मावि हेमजाका प्रधानाध्यापक दीपकराज पौडेल तथा बाल सहारा आविका प्रधानाध्यापक लोचना अधिकारी आधारभुत तह इन्चार्ज आयुष खनालले विद्यार्थीहरूले प्रदर्शन गरेको जीवनोपयोगी सिपको प्रशंसा गर्नुभयो । कुल ६८५ विद्यार्थी, अभिभावक र स्थानिय बासिन्दाहरुको सहभागिता रहेको जानकारी भाइस प्रिन्सिपल सुमिता पौडेलले जानकारी गराए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।