कास्की २ मा थापाको घरदैलो अभियान तीब्र कास्की


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०८२ मा प्रकाशित




कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण थापा ‘हेम’ले यो देशमा भ्रष्टाचार उन्मूलन गर्ने कास्की छेत्र न २ मा भएका अव्यवस्थित बसोबास भएको सुकुम्बासी बस्तीका भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बिहीबार पोखरा १७ को घरदैलो अभियानको क्रममा उनले नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्रमा पनि २ बर्ष भित्र देशमा कोहि भुमी हिन सुकुम्बासी नरहने लेखेको र आफू पनि जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै थापाले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं। जनताको माया र विश्वास पाएका छौं। यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ।” तपाईँहरूलाई चाँडै नै अब आफ्नो भूमिको मालिक हामी बनाउनेछौं तपाईँ हामीलाई ढुक्कले मत दिनुहोस् उनले भने ।

हाल उनी पोखरा महानगरपालिका वाडाहरु मा घरदैलो अभियानमा रहेका छन्। थापाका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन्। “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे। स्थानीय र युवा उम्मेदवार थापालाई स्थानीय जनताको राम्रो साथ रहेको छ। थापा युवा पुस्ताका लोकप्रिय उम्मेदवार पनि हुन् उनी भन्छन “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने गुगलमा होइन भूगोलमा भेटिने मानिस हुँ। प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु। अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर कास्की –२ को विकास अघि बढाउने योजना छ।” थापाले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।