पोखरामा काँग्रेसको चुनावी सभा फागुन १५ मा


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८२ मा प्रकाशित




नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंहचौरमा चुनावी सभा गर्ने भएको छ ।

नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन गरेको सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । सभालाई नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले सम्बोधन गर्ने छन् । नेपाली काँग्रेसका महासमिति सदस्य दीपक गुरुङ माइलाको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा माया बराल क्षेत्री , दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ रहेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नं १ मा तिलक रानाभाट, क्षेत्र नं २ मा माधव प्रसाद बास्तोला मधु र क्षेत्र नं ३ मा मनोज गुरुङ र समानुपातिक तर्फ आई बहादुर गुरुङ उम्मेद्वार छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।