एमाले उम्मेदवारको चुनावी अभियानमा सहभागी गाडीमा भएको तोडफोडप्रति कांग्रेसको आपत्ति


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८२ मा प्रकाशित




नेपाली काँग्रेस कास्कीले विज्ञप्ति निकाली कास्कीको मादी गाऊँ पालिका वडा नं.११, उपल्लो साप्लेमा नेकपा एमालेद्वारा आयोजित निर्वाचन सभाको क्रममा गाडीमा ढुङ्गा प्रहार गरी क्षति पु¥याईएको भन्ने घटनाप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि राजनीतिक दलको कार्यक्रमस्थल वा सम्पत्तिमाथि आक्रमण हुनु दुःखद विषय भएको उल्लेख छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोदत्त वरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण र मर्यादित राजनीतिक अभ्यासका लागि सवै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
घटनाको निष्पक्ष छानविन भई सत्य तथ्य सार्वजनिक होस् भन्ने हाम्रो माग रहेको छ । यदि यस घटनामा हाम्रो पार्टीसंग आवद्ध कुनै व्यक्ति संलग्न पाईएमा पार्टीले आवश्यक अनुशासनात्मक कदम चाल्ने स्पष्ट गर्दछौं ।
विज्ञप्तिमा निर्वाचन लोकतन्त्रको पर्व भएकाले यसलाई शान्तिपूर्ण मर्यादित र मूल्यमा आधारित वनाउन सवै राजनीतिक शक्ति र कार्यकर्ताहरु जिम्मेवार वन्न आवश्यक छ भनिएको छ । यसअघि एमाले उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले कांग्रेस निकट तरुण दलका ऋदम गुरुङको नेतृत्वमा गाडीमा तोडफोड भएको बताएका थिए ।सोहि घटनाप्रति कांग्रेसले चासो व्यक्त गर्दै विज्ञप्ती जारी गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।