नेकपा एमालेका नेता स्वर्गीय रवीन्द्र अधिकारीलाई शुक्रबार पोखरामा स्मरण गरिएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले स्वर्गीय अधिकारीको सातौं स्मृति दिवसका अवसरमा उनीप्रति श्रद्धाञ्जली सहित उनको योगदानको चर्चा गरेको हो ।
पोखरा महानगरपालिका वडा नं १८, ग्यारजातिस्थित सहिद तथा बिभूति पार्कमा स्मृतिमा रवीन्द्र कार्यक्रम मार्फत स्वर्गीय अधिकारीको स्मरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका एमाले नेता जगत विश्वकर्मा, केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण बहादुर थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, एमाले कास्की क्षेत्र नं २ का उम्मेदवार रश्मि आचार्य, क्षेत्र नं ३ का उम्मेदवार दामोदर बैरागी, समानुपातिक उमेद्वार दिपक पौडेल,केन्द्रीय सदस्य प्रभा कोईराला लगायतले उनको शालिकमा माल्र्याण गर्दै व्यक्त गरे । श्रद्धाञ्जली पछि आयोजित कार्यक्रममा प्रमुख अतिथि विश्वकर्माले राष्ट्रलाई स्वर्गीय अधिकारीको अभाव खड्किरहेको बताए । उहाँ बिचारको नेता हुनुहुन्थ्यो, उहाँको समृद्ध नेपाल बनाउने सपनालाई पूरा गर्न संकल्प गर्नुपर्ने बताए । प्रतिष्ठानका उपाध्यक्ष कृष्ण बहादुर थापाले २०४३ सालदेखि अन्तिम क्षणसम्म संगत गरेको एउटा सच्चा नेतालाई गुमाएको बताउदै उहाँको पथलाई पछ्याउन आवश्यक भएको बताए । उनले फागुन २१ को निर्वाचनमा कास्कीका तीनवटै क्षेत्रका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन अनुरोध गरे ।
कास्की क्षेत्र नं २ का उम्मृदवार रश्मि आचार्यले हामीले असल अभिभावकलाई गुमाएकोले उहाँ बिचार, मार्गदर्शन र समृद्धिको सपनालाई साकार पार्ने जिम्मेवारी काँधमा आएको बताए । उनले भने, स्वर्गिय अधिकारीको समृद्धिको यात्रालाई पूरा गर्न कास्की तीनवटै क्षेत्रमा जित हाँसिल गरेर काम गरेर देखाउनु पर्छ । डा भरतराज पहारीले पर्यटनको पूर्वाधार विकासका लागि विशिष्ट योगदान दिएका अधिकारीले हरेक घटनाबाट नआत्तिएर अगाडी बढ्ने, सिक्ने र गतिशिल भईरहनु पर्ने उहाँको बानी रहेको भन्दै स्मरण गरे ।पत्रकार दिपेन्द्र श्रेष्ठले अधिकारीको अभावको घाउ ताजै रहेको बताउदै उहाँको भिजन, सबैसंग घुलमिल हुने स्वभाव, इतिहासको पात्र मात्रै नभई पोखरा, कास्की र देशकै नीति निर्माणको तहमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तित्व भएको चर्चा गरे ।
सो अवसरमा प्रतिष्ठानका महासचिव धनराज आचार्यले एउटा असल राजनेतालाई गुमाउनु हाम्रा लागि पिडा भएपनि उहाँले गरेका सत्कर्महरुको पथमा गएर कार्य सम्पादन गर्नुपर्ने बताए । उहाँकै सोंचमा बनेको पत्रकार हरि वास्तोला अध्यक्ष रहेको गाउँ नगर मिडिया सेन्टरको कोषका लागि प्रतिष्ठानले छिट्टै पाँच लाखको अध्यक्ष कोष खडा गर्नका लागि पहल भईरहेको बताए । प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव आचार्यले गरेका थिए ।कास्कीको भरतपोखरीमा जन्मेका उनी पयर्टनमन्त्री रहेका बेला २०७५ आजकै दिन अर्थात् फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परेर बितेका थिए। कास्की क्षेत्र नम्बर २ बाट तीनपटक चुनाव जितेका अधिकारी २०७४ चैत २ गते पर्यटनमन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा मन्त्री बनेका उनले पर्यटन क्षेत्र सुधारका निम्ति नीतिगत प्रयत्न थालेका थिए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







