पोखरा ४ मा रहेको सगरमाथा निकेतन स्कुलमा १९ औँ वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
सो अवसरमा वर्ष भरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न अन्य आकर्षक पुरस्कारहरूले पुरस्कृत गरियो । विद्यालयले वर्षभरि आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताहरूबाट निलो सदन च्याम्पियन बन्न सफल भयो । प्रथम स्थान हासिल गरेको निलो सदनलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप–कुलपती कृष्णराज अधिकारी, विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराई, शिक्षक, अभिभावक लगायतले सदनका क्याप्टेन प्रवेश थापा र सृष्टि खड्कालाई च्याम्पियन्स ट्रफी प्रदान गरे । अन्य विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई मेडल पुरस्कार प्रदान गरियो ।
त्यसैगरी सत प्रतिशत हाजिर जनाउँदै सर्वोत्कृष्ट शिक्षक बन्न सफल लक्ष्मी गुरुङ र कक्षा ७ का विद्यार्थी दिपेन्द्र बिष्टलाई सम्मान एवं पुरस्कृत गरियो । विद्यालयका कर्मचारी अर्जुन थापा, इन्द्रकुमारी आले र माया मगरले दीर्घसेवा सम्मान प्राप्त गरे । उनीहरूलाई दोसल्ला ओडाई मायाको चिनो तथा नगदले सम्मान गरिएको थियो ।दुईवटा सत्रमा सञ्चालन गरिएको कार्यक्रममध्ये पहिलो सत्र शिक्षिका प्रतीक्षा थापाले तथा दोस्रो सत्र शिक्षक गोविन्द पौडेल एवं विद्यार्थीद्वय जेनिसा बाँस्तोला र इसान बरालले सञ्चालन गरेका थिए ।कार्यक्रममा बोल्दै विद्यालयका प्रचार्य दिलिप शर्मा भट्टराईले विद्यालयले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको पहिचान गर्दै दर्जनौ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यालयले समय सापेक्ष व्यवहारिक शिक्षा प्रदान गर्दै आएको हुँदा सगरमाथा स्कूल अभिभावकको रोजाइमा परेको उनको भनाई थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठी, अभिभावक इन्द्रबहादुर ढकाल, शिक्षिका हित्ता गुरुङले मन्तव्य राखेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, नृत्य, गित लगायत प्रस्तुत गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






