कास्की क्षेत्र नं. २ का एमाले उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणा अगाडी सारेका छन् ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित मतदाता भेटघाट कार्यक्रममा पोखरा–१७ का मतदातासँग साक्षात्कार गर्दै उनले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने बताउँदै, समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासमार्फत मात्रै देशले सही निकास पाउने धारणा राखे ।‘दिगो विकास र सन्तुलित विकास’, जनसाथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय स्रोत साधनको उच्चतम परिचालनका निम्ति आफुले सो अवधारणा अघि सारेको उल्लेख गरे ।
आम श्रमजिवीहरूको हितमा सो अवधारणा उपयोगी हुने उनको तर्क छ । उनले आफू निर्वाचित भईसकेपछि देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे । सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन आवाज उठाउने उनको प्रतिबद्धता छ ।त्यसैगरी, वडा, प्रदेश र केन्द्र तहबीच प्रभावकारी समन्वय गरी विकास योजनालाई अघि बढाउने, केन्द्रबाट आउने बजेटलाई क्षेत्रको आवश्यकताअनुसार परिचालन गर्न सक्रिय भूमिका खेल्ने र समग्र विकास अभियानलाई परिणाममुखी बनाउने आचार्यको प्रष्टोक्ति छ ।
कार्यक्रममा एमालेका अग्रज नेता सोमनाथ अधिकारी प्यासी, एमाले केन्द्रीय सदस्य प्रभा कोइराला, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, निर्वाचन परिचालन समितिका संयोजक भेषराज बराल, एमाले निर्वाचन आयोगका सदस्य केशव प्रसाद आचार्य, क्षेत्र नं २ का सचिव झपट रानाभाट, राधिका शाही, जिल्ला कमिटी सदस्य सुवास ढुंगाना, युवा नेता शिवराज आचार्य, पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य, नेशनल भोलेन्टियर्स फोर्सका गण्डकी इन्चार्ज सुशील बस्नेत,अग्रज नेता झपिन्द्र रेग्मी, सो वडाका अध्यक्ष विक्रम गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







