कास्की क्षेत्र नं. ३ मा एमालेको सुरक्षा कमाण्ड घोषणा


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८२ मा प्रकाशित




फागुन २१ को चुनावलाई लक्षित गरी एमालेले कास्कीको निर्वाचन क्षेत्र नं. ३ मा सुरक्षा कमाण्ड घोषणा गरेको छ ।

आज पोखरामा भएको भेलाले निर्वाचनलाई एमालेको पक्षमा पार्ने र निर्वाचन विरोधी गतिविधी नियन्त्रणका लागि पानबहादुर जिसी,नमराज केसी र मञ्जु कुवँरको कमाण्ड रहने गरी ५ सय सदस्यीय सुरक्षा कमाण्ड घोषणा गरिएको एमाले नेता लक्ष्मी अधिकारीले जानकारी दिईन् । कार्यक्रममा क्षेत्र नं. ३ मा पर्ने पोखराका वडा नं. १,२,५,१८,१९,२४, २५ वडाको कमाण्डको जिम्मेवारी डिल्लीराम सुवेदी, अन्य वडाको जिम्मा सुर्य भण्डारी, माछापुच्छ्रे गाउँ पालिकामा दलबहादुर लामिछाने र अन्नपुर्ण गाउँपालिकामा शिव सुवेदीलाई कमाण्डर तोकी जिम्मेवारी दिईएको छ ।

यसअघि भेलामा बोल्दै एमाले नेता जगत विश्वकर्माले एमाले माथि चौतर्फी घेराबन्दी भएको समयमा युवाहरु थप सक्रिय हुनुपर्नेमा जोड दिए । एमाले क्षेत्र नं. ३ का उमेद्वार दामोदर पौडेल वैरागीले एमाले जनताका बिचमा स्थापित भएको र समृद्ध नृपालको नेतृत्व एमालेले गर्ने बताए ।

कार्यक्रममा नेता राजिव पहारी, माधव बास्तोला, कमाण्डर शिव सुवेदी र जेनजी शिवानी पौडेलले एमालेको पक्षमा जुनसुकै शक्तिका विरुद्ध पनि खट्टिने बताएका थिए । सो भेला पानबहादुर जिसीको अध्यक्षतामा भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।