कास्की क्षेत्र नं. ३ का एमाले उमेद्वार दामोदर पौडेल बैरागीले स्थानीय स्तरमा देखिएका समस्या समाधान नगरी देश समृद्ध बन्न नसक्ने बताएका छन् ।
फागुन २१ को निर्वाचनलाई लक्षित गरी जारी मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले स्थानीय समस्या केन्द्रमा लाने र त्यसको समाधानका लागि पहल गर्न आफुले भुमिका निर्वाह गरेको बताए । पोखराको वडा नं. १,२ र २५ मा आईतबार घरदैलों गर्दै उनले आफुले शुरु गरेका अधिकांश विकास निर्माणका योजना सम्पन्न भएको र केही अधुरा योजना सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले पोखराको मात्र नभई समग्र कास्कीको विकासका लागि भिजन चाहिने बताउँदै, त्यो भिजन भएको पार्टी एमाले मात्रै भएको दावी गरे । समानुपातिक उमेद्वार दीपक पौडेलले समृद्ध नेपाल र सुखी नेपालीको योजना एमाले नेतृत्वबाट मात्रै सम्भव हुने बताए । घर दैलों तथा मतदाता भेटघाटमा एमाले केन्द्रीय सदस्य देवका पहारी, प्रदेश सभा सदस्य राजकुमारी भुजेल, नेता गणेशमान गुरुङ, प्रदेश कमिटी सदस्य अर्जुन अधिकारी, महानगर कमिटी सदस्य लक्ष्मी अधिकारी लगायतका स्थानीय नेता कार्यकर्ता सहभागि थिए ।
यसैबिच निर्वाचन परिचालन कमिटी पोखरा १९ ले सोमबार साविकको लामाचौर पुरञ्चौरमा घरदैलों तथा मतदाता भेटघाट गर्ने भएको छ । निर्वाचन प्रचारको अन्तिम दिन सोमबार उमेद्वार दामोदर पौडेल बैरागी, दीपक पौडेलसहित घरदैलों र लामाचौरमा कोणसभा गरिने जिल्ला कमिटीका सदस्य सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । सभाको तयारी भएको र पार्टीका शुभेच्छुक, सदस्यलाई सहभागिताका लागि अनुरोध गरिएको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







