राती १२ बजेदेखि सवारी साधन संचालनमा रोक


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८२ मा प्रकाशित




निर्वाचन आयोगले आज राती १२ बजेदेखि सवारी संचालनमा रोक लगाएको छ ।

भोलि हुने मतदानलाई लक्षित गरी आयोगबाट अनुमति पाएका र अत्याबश्यक बाहेक अन्य सवारी साधनलाई रोक लगाएको हो । कास्की प्रशासनले पनि सवारी पास आवश्यक नपर्ने बहेक अन्य सवारी साधन संचालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले आज सुचना जारी गर्दै राती १२ बजेदेखि लागु हुने गरी रोक लगाईएको जनाएको छ ।

प्रशाासनले प्रस्थानविन्दुबाट गन्तव्यतर्फ जाने सबै प्रकारका सवारी साधन राती १२ बजे अगावै पुग्ने गरी संचालन गर्न आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।