कास्कीमा भोलि साँझदेखि नै मत गणना गरिने, मतगणना स्थलसहित…


     एभरेस्ट आवाज    
     फागुन २० गते २०८२ मा प्रकाशित




कास्कीमा विहीबार साँझदेखि नै मत गणनाको तयारी गरिएको छ । कास्कीमा मतदान सकिएलगत्तै मत पेटिका संकलन गरेर साँझदेखि नै मत गणना गर्ने तयारी गरिएको हो । जसका लागि सर्वदलीय÷सर्वपक्षीय बैठकसमेत बसेर म्याण्डेट लिइसकिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए । उनले भने,‘सर्वपक्षीय÷सर्वदलीय बैठकमा विहीबार साँझदेखि नै मत गणना गर्ने सहमति भएको छ । मतदान सकिएपछि छिटोछिटो मतपेटिका संकलन गर्ने र मत गणना गर्ने निर्णय भएको छ ।’ मत पेटिक संकलन भएपश्चात पुनः सर्वदलीय÷सर्वपक्षीय बैठक बसेर आचारसंहिता निर्माण गरेर मत गणनाको

विहीबारदेखि नै मत गणना हुने भएपछि मत गणना स्थलको निर्माण पनि तिव्र गतिमा भइरहेको उनले जानकारी दिए । मत गणना स्थलमा तारजाली लगाउनेदेखि सिसी क्यामरा जडान गर्ने, वत्ती, पानीलगायतको जोहो गर्नेसम्मको काम भइरहेको उनले बताए ।

कास्कीमा ३ निर्वाचन क्षेत्रको ३ फरक ठाउँमा मत गणना गर्ने तयारी छ । कास्की–१ मा पोखरा महानगरपालिका वडा नम्बर–१२ को माटेपानीस्थित वडा कार्यालय, कास्की–२ मा निर्वाचन कार्यालय रहेको जलस्रोत सिंचाई केन्द्र पोखरा–१७ ड्यामसाईड र कास्की–३ को पनि निर्वाचन कार्यालय रहेको पोखरा–५ मालेपाटनस्थित कृषि मन्त्रालयमै मत गणना गरिने बेलवासेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।