सन्देश श्रेष्ठ
पोखरा, फागुन २१
कास्कीमा एक मतदान केन्द्रमा शत प्रतिशत मत खसेको छ । कास्की कारागार मतदान केन्द्रमा निर्वाचन शुरु भएको २ घण्टा नबित्दै शतप्रतिशत मत खसेको हो ।
कास्की कारागारमा ४० मतदाता रहेका थिए । जसमा कैदीबन्दी ३५ पुरुष र २ महिला गरेर कुल ३७ जना र ३ कर्मचारी मतदाता रहेका थिए । जहाँ शतप्रतिशत मत खसेको कास्की कारागार मतदान केन्द्रका मतदान अधिकृत गोविन्द श्रेष्ठले जानकारी दिए । एक जना मतदाताको नाम समावेश भए पनि पहिल्यै छुटिसकेकाले उनी मतदान गर्न आएनन् । मतदाता नामावलीमा नाम समावेश भएका कारागारमा रहेका कैदीवन्दीलाई मतदानको व्यवस्था गर्न कारागारमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको हो । उनीहरुले समानुपातिकमा मात्रै मतदान गर्न पाउँछन् ।
कास्की कारागामा हाल ६ सय ९७ जना कैदीबन्दी छन् । तर अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश नभएकाले मतदान गरेनन् । कैदीबन्दीले निर्वाचन आयोगबाट प्रमाणित भई मतदाता नामावलीमा समावेश भएकाले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







