सन्देश श्रेष्ठ
पोखरा, फागुन २१
गण्डकी प्रदेशको गोरखा जिल्लामा हालसम्म २८ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि शुरु भएको सो जिल्लामा दिउँसो २ः३० बजेसम्ममा २८.३३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा हालसम्म ३४ हजार १ सय ४९ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाका टेक रानाले जानकारी दिए । उनका अनुसार दिउँसो २ः३० बजेसम्ममा महिला १६ हजार ६ सय २३ र पुरुष १६ हजार ५ सय ४५ मत खसेको छ ।
मतदान शान्तिपूर्ण रुपमा भइरहेको गोरखाका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए । मतदान शान्तिपूर्ण छ,उनले भने,‘अवाञ्छित कृयाकलाप कहिं छैन ।’
दुई निर्वाचन क्षेत्र रहेको गोरखामा क्षेत्र नम्बर १ मा १ लाख २० हजार ५ सय २५ जना मतदाता रहेका छन् भने २ मा १ लाख ८ हजार ५ सय ३३ मतदाता छन् ।
गोरखा १ मा एक स्वतन्त्रसहित १२ जना र गोरखा २ मा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







