कास्कीमा हालसम्म करीब ५० प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अनुमान


     एभरेस्ट आवाज    
     फागुन २१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन २१

कास्कीमा हालसम्म करीब ५० प्रतिशत मत खसेको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज भइरहेको मतदानमा अपराह्न २ बजेर ५० मिनेट जाँदासम्म ४८.९८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेकोमा हालसम्म १ लाख ५१ ह्जार १ सय ४४ मत खसिसकेको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए । उनका अनुसार हालसम्म ७१ हजार १ सय २७ जना महिला, ७२ हजार १६ जना पुरुष र अन्य १ जनाले मतदान गरिसकेका छन् ।

कास्कीमा ६० प्रतिशतको सेरोफेरोमा मत खस्ने अनुमान गरिएको बेलवासेले बताए । अपराह्न ५ बजेसम्ममा मतदान स्थल प्रवेश गरेकाहरुलाई मतदान गर्न समय दिइने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।