कास्की-३ मा रास्वपाका गुरुङको विजयी सुनिश्चित


     एभरेस्ट आवाज    
     फागुन २२ गते २०८२ मा प्रकाशित




Screenshot

सन्देश श्रेष्ठ
पोखरा, फागुन २२

कास्की क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्वपाकी बिना गुरुङको विजयी सुनिश्चित भएको छ । शुक्रबार रातिसम्म भएको मतगणनामा रास्वपाकी गुरुङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ मतान्तरले पछाडि पारेपछि विजयी सुनिश्चित भएको हो। गुरुङले ३२ हजार १ सय १२ मत प्राप्त गरेकी छन् भने पराजित मनोज गुरुङले ११ हजार २ सय ५७ मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ६ हजार ७ सय ५ मत प्राप्त गरे । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार २ सय ६४, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार १ सय ७९, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५३३, उज्यालो नेपाल पार्टीका तर्क बहादुर गुरुङले ४१० मत प्राप्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।