Screenshot
कास्की क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्वपाकी बिना गुरुङ विजयी भएकी छन् । शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतान्तरले हराउँदै विजयी भएकी हुन्। बिजयी गुरुङले ३७ हजार ९ सय ५० मत प्राप्त गरिन् भने पराजित मनोज गुरुङले १४ हजार ९ सय ८० मत प्राप्त गरे । यहाँ नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गरे । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार ४ सय ५६, राप्रपाका अर्जुनप्रसाद खनालले १ हजार ४ सय ०६, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६, उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरे ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






