सन्देश श्रेष्ठ पोखरा फागुन २३। कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ। कास्की क्षेत्र नम्बर-१ मा रास्वपाका पौडेल फराकिलो मतान्तर सहित जित उन्मुख भएका हुन् । कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा हालसम्म ६० हजार ५ सय ८४ मतगणना सम्पन्न हुँदा पौडेल प्रतिस्पर्धी भन्दा झन्डै चार गुना अगाडि छन्। रास्वपाका पौडेल ३३ हजार ९ सय ६८ मतसहित जित सुनिश्चित गर्दा उनलाई नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटले ९ हजार ८ सय २८ मतसहित पछ्याइरहेका छन्। भने नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले ९ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले २ हजार १ सय ४९ मत प्राप्त गरेका छन्। यहाँ हालसम्म २ हजार ३ सय ९२ मत बदर भएको छ। कास्की १ मा अब पोखरा- ३१ र ३२ को मतगणना बाँकी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






